Thursday, 20th August, 2026
वि.स.

इन्द्रसरोवरमा प्याराग्लाईडिङको सफल परीक्षण

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा प्याराग्लाईडिङको सफल परिक्षण भएको छ । इन्द्रसरोवर गाउँपालिका १ नम्बर मार्खुको इन्द्रसरोबर ताल माथि गुम्बा डाँडाबाट प्याराग्लाईडिङको सफल परिक्षण भएको गरेको गाउँपालिका अध्यक्ष जीवन लामाले जानकारी दिए । 

प्याराग्लाईडिङ परिक्षणको लागि गाउँपालिकाले प्याराग्लाईडिङ पाईलटको रुपमा पोखराबाट विशाल लामाको नेतृत्वमा सम्भावित अध्ययन तथा परिक्षण गराएको थियो ।  
प्याराग्लाईडिङको सफल भए पश्चात गाउँपालिकाका अध्यक्ष लामाले पर्यटकीय आकर्षणको अर्को आधार खडा हुने अध्यक्ष लामाले प्रतिक्रिया दिए । 

इन्द्रसरोवरमा बोटिङ, आइकिङलगायतका विभिन्न ऐतिहाँसिक तथा पुरातात्विक र साँस्कृतिक आकर्षण रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०