Tuesday, 18th August, 2026
वि.स.

इन्द्रसरोवर गाउँपालिकामा उपभोक्ता समितिलाई अभिमुखीकरण

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा उपभोक्ता समितिका पदाअधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम भएको छ । ५ वटा वडा रहेको इन्द्रसरोवर गाउँपालिकाको २६ कार्तिकमा ५ नम्बर वडामा तथा २७ कार्तिकमा वडा नम्बर ४ का उपभोक्ता समितिका पदाअधिकारीहरुका लागि अभिमुखीकरण गरिएको हो । 

त्यस्तै २९ कार्तिकमा २ नम्बर वडामा, ३० कार्तिकमा १ नम्बर वडामा र ३१ कार्तिकमा ३ नम्बर वडाका उपभोक्ता समितिका पदाअधिकारीहरुलाई अभिमुखीकरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन पुनले जानकारी दिए । 

अभिमुखीकरणका सहभागीहरुलाई प्रमुख प्रशासकीय अधिकृत रोशन पुन, जिल्ला प्राविधिक कार्यालय हेटौंडाका इन्जिनियर सचितानन्द पोखरेल, गाउँपालिकाका प्रशासन शाखा प्रमुख टेक नाथ काफ्ले, लेखा प्रमुख दिपक गजुरेलले सहजीकरण गरिरहेका छन् । 

अभिमुखीकरण कार्यक्रम गाउँपालिका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्य तथा वडा अध्यक्षहरुको सभाध्यक्षतामा संचालन भइरहेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif