Tuesday, 18th August, 2026
वि.स.

इन्द्रसरोवर गाउँपालिकाको पर्यटन विकासका लागि समिति गठन

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले गाउँपालिकाको पर्यटन विकासका लागि गाउँ पर्यटन विकासको लागि पर्यटनको महत्वपूर्ण भूमिका हुने बताएकाछन् । मुलुककै पहिलो मानव निर्मित ताल तथा अध्य थुप्रै पर्यटकीय संभावना बोकेको इन्द्रसरोवर गाउँपालिकामा पर्यटन विकास समितिलाई विशेष महत्वका साथ अघि बढ्नु आवश्यक रहेको औल्याएका हुन् ।

अध्यक्ष लामाले गाउँ पर्यटन विकास समिति गठनको अवसरमा २२ कार्तिकमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।  उनले पर्यटकलाई इन्द्रसरोवर गाउँपालिकातर्फ आकर्षित गर्नको लागि इन्द्रसरोवर तालको सरसफाइलगायतका सवालाहरु दिन आग्रह गरेका छन् ।

कार्यक्रमको अवसरमा परशुराम योन्जन लामाको अध्यक्षतामा १५ सदस्यीय  इन्द्ररोवर पर्यटन प्रवर्द्धन तथा विकास समिती गठन गरिएको छ । समितिको उपाध्यक्ष धिरज लामा, सचिव राजु लामा, सहसचिवमा अशोक वाइवा लामा, कोषाध्यक्ष सावित्री थापा चयन भएकी छिन् ।

त्यस्तै सदस्यहरुमा सनक कुमार नगरकोटी, बालकृष्ण बल, होम बहादुर थापा मगर, बसन्ती स्याङ्तान, मोहन कुमार मोक्तान, श्याम बहादुर थिङ, मन्दिरा अधिकारी, विनोद महर्जन, सरिता लामा र हरिमाया बस्याल चयन भएको कार्यकारी अधिकृत रोशन पुनले जानकारी दिए । 

-मणिराज थापा/इन्द्रसरोवर


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif