Saturday, 27th July, 2024
वि.स.

आफै भत्काउछु भन्नेलाई १५ दिने म्याद

आफ्नो घर आफै भत्काउछु भन्ने हेटौडाको रापतीरोडका घरधनीहरुलाई डिभिजन सडक कार्यालय हेटौँडाले १५ दिनको म्याद दिएको छ । राजमार्गको दाया, बाँया २५ मिटर भित्र पर्ने घरधनीहरुले आफै घर भत्काउन चाहेमा घर भत्काउनका लागि म्याद मागेकाहरुलाई १५ दिनको म्याद दिइएको हो ।

हिजो सम्म म्याद मागेका १० घरलाई आफ्ना घरका सामान सारेर घर भत्काउनका लागि १५ दिनको म्याद दिइएको सडक डिभीजन कार्यालय हेटौडाका प्रबक्ता जयराम अधिकारीले बताउनुभयो । आज एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गर्दै सडक कार्यालयले अरु निबेदन दिन आउने घरधनीहरुका लागि खुल्ला गरिएको छ ।

आफ्नो घर आफैले भत्काउछु भन्ने घरधनीहरुलाई पनि आज देखि निबेदन दिन सक्ने ब्याबस्था गरिएको उहाँको भनाई छ । जुन घरधनीले आफ्नो घर आफै भत्काउछु भनेर निबेदन दिन्छ् उनिहरुको घर भत्काउने र निबेदन नदिनेको घर भने भत्काइने अधिकारीले बताउनुभयो । यसअघि पनि धेरै घरधनीहरुलाई आफ्ना घर आफै भत्काउछु भनेर निबेदन दिएको खण्डमा उनिहरुका लागि म्याद दिइएको उहाको भनाई छ ।

सडक फराकिलो अभियानलाई अन्र्तगत  सडको २५ मिटर क्षेत्रभित्र पर्ने वासिन्दाको निवेदनलाई ध्यान दिँदै आफै घर तथा आफ्नो भौतिक संरचना भत्काउछु भनि निवेदन दिनेहरुको लागि १५ दिनको समय थप गरेको खबर हेटाैंडाखबर डटकमले प्रकाशित गरेकाे छ ।