nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आज हिलेजात्रा, घट्टेचाैरमा साँस्कृतिक प्रदर्शनी हुने

थाहानगरकाे वडा नम्बर ३ घट्टेचाैरमा वर्षेनी मनाइने हिलेजात्रा आज १६ भदाैमा परेकाे छ ।

हिलेजात्रामा खेतीपाती, देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको परम्परागत नृत्य, लाखे नाच, रोपाइँ अभिनय र प्रहसन हुन्छ ।

थाहा–२ को पालुङकाे नेवार वस्ती, देउला वस्ती, थाहा–३ को गोपाली बस्ती, थाहा-१ ओखरबजार लगायतका स्थानबाट जात्रा निकालेर घट्टेचौरमा देखाउने चलन रहेकाे छ ।

राजा गुणकामदेवकाे पालादेखि शुरु भएकाे याे जात्रा सामाजिक अध्ययनका विद्यार्थीहरुकाे लाग एक अवसरकाे रुपमा रही आएकाे छ ।

पहिले जात्रामा पसलहरु राख्ने गरेकाे भए पनि अहिले बढ्दाे शहरीकरण र खुल्ला बजारकाे कारण याे प्रचलन कम हुँदै गएकाे छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)