Saturday, 15th August, 2026
वि.स.

आज पालुङ क्याम्पस परीक्षा केन्द्रमा ३५० विद्यार्थीले दिए अँग्रेजी विषयको परीक्षा

exam-pic-1653887950.jpg

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको पहिलो दिन आज १६ जेठमा पालुङ बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा ३५० विद्यार्थी सहभागी भएका छन् ।

आज पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा भएको हो । आजको परीक्षामा पालुङ बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा छात्र १२० र छात्रा २३० गरी ३५० परीक्षार्थी सहभागी भएको केन्द्राध्यक्ष रामहरि अधिकारीले जानकारी दिए । १२ जना परीक्षार्थीहरु भने परीक्षा दिन नआएको उनले बताए ।

पालुङ बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा थाहा नगरपालिकाका जनकल्याण मावि, बागेश्वरी मावि, बज्रवाराही मावि, सुन्दरीदेवी मावि, नाटेश्वर मावि र स्वच्छन्दभैरब माविका विद्यार्थीहरुले परीक्षा दिइरहेका छन् ।

परीक्षा आगामी २५ जेठसम्म सञ्चालन हुनेछ ।  
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif