Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

आजबाट तिहार सुरु

KAG-1477638520.jpg

हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यस पर्वको आज पहिलो दिन काग तिहार हो।

यमपञ्चकको पहिलो दिन समेत भनिने आज कागको पूजा गरी कागलाई मिष्ठान्न भोजन खुवाएर तिहार पर्वको सुरुवात गर्ने परम्परा छ। हिन्दु वैदिक विश्वासअनुसार कागलाई सन्देशवाहक र यमदूतको रुपमासमेत हर्ने गरिन्छ।

त्यस्तै १३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका लगाएपछि यो पर्व सकिन्छ।

यस वर्षको भाईटिकाको उत्तम साइत ११ बजेरर ५३ मिनेटमा भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताइसकेको छ।