Sunday, 23rd August, 2026
वि.स.

आग्राका संक्रमित बालक चढेको गाडी चालकको पनि रिपोर्ट आयो

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ का कोरोना संक्रमित ७ वर्षिय बालक चढेको गाडीका चालकको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । 

चन्द्रागिरी नगरपालिका–१० सतुंगलमा डेरामा बसेका बालक र उनको आमा तथा व्यापारी चेढेको गाडीको चालकको राष्ट्रिय प्रयोगशाला टेकूमा पिसिआर परीक्षण गरिएको थियो । ति चालक साँखु बस्दै आएका थिए ।

बालक थाहा नगरपालिका वडा नम्बर ७ बाट तरकारी बोक्ने उक्त गाडीमा चालकसँगैको सिटमा बसेर गत बैशाख २९ गते सतुंगल पुगेका थिए । सोही गाडीमा सँगै गएका बालकको आमा, मामाघरका परिवार तथा घरपरिवारको यसअघि नै पिसीआर परीक्षण नेगेटिभ आइसकेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०