Tuesday, 25th August, 2026
वि.स.

आगलागीबाट ६ घर जलेर नष्ट

aaglagi-1599110836.jpg

हुम्लाको सर्केगाड नगरपालिका वडा नम्वर ७ रोडिकोठमा आगलागीबाट ६ वटा घर जलेर नष्ट भएका छन् ।

स्थानीय जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका ६ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार साँझ ६ बजे जोखे जैसीको घरबाट सल्किएको आगोले छिमेकी हरीभक्त जैसी, मथान जैसी, अनिलाल जैसी, देवीसिङ जैसी र रुपकला जैसीको घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

आगो आज बिहान २ बजे नियन्त्रणमा आएको छ । अगलागीबाट भएको क्षतिको विवरण एकिन नभएको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif