Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

आऔं केही कोरौं- अाज सरस्वती पूजा

 श्रीपञ्चमी अर्थात् विद्याकी देवी सरस्वतीको पूजा गरिने दिन । यो दिन बालबालिकालाई अक्षर चिनाउँदा शुभ हुने बताइन्छ ।

यो शुभ दिनमा बालबालिकालाई लेख्न र पढ्न सिकाएमा पछिसम्म सिक्ने विश्वासले अक्षराम्भ गराउने प्रचलन छ । यसैले आफ्ना बालबालिकालाई अक्षराम्भ गराउन मन्दिर र विद्यालयमा अभिभावकहरुको बिहानैदेखि घुइँचो देखिन्छ ।

सरस्वती पूजाको दिन विद्यालय भर्ना हुने बालबालिकाको लागि धेरै विद्यालयले विशेष छुटको पनि व्यवस्था गरेका हुन्छन् ।