Thursday, 20th August, 2026
वि.स.

अवैध लागूऔषध चरेश सहित थाहानगरका ३ जना पक्राउ

बुटवल उपमहानगरपालिका(९ बसपार्कबाट करिब ३० किलो अवैध लागूऔषध चरेश सहित मकवानपुर थाहा नगरपालिकाका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका-७ बस्ने ३६ वर्षीय राजकुमार स्याङ्तान, ३७ वर्षीय ईन्द्रमान तामाङ र १९ वर्षीय  शंकर तामाङ रहेका छन् ।

सोही ठाउँमा ५ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले ३० किलो आलुसँग मिसाएर बोरामा लुकाईछिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध चरेश सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०