Thursday, 2nd July, 2026
वि.स.

अरुको ज्यान बचाउने स्वास्थ्य स्वयमसेविकाको आफ्नै ज्यान बचाउन आर्थिक समस्या

Plz.-Help-1523162450.jpg

मकवाननपुरको थाहा नगरपालिका-२ (पालुङ)की बबिता ढकाल सँधै अरुको स्वास्थ्यकै चिन्ता गरेर हिँडिन् । स्थानीय क्षेत्रमा स्वास्थ्य स्वयमसेविकाको रुपमा लामो समय सेवा गरेकी ढकाललाई अहिले आफ्नै स्वास्थ्यले धोका दिएको छ । दुबै मिर्गौलाले काम नगरेपछि उनी अहिले स्वास्थ्य र आर्थिक समस्यासँग जुध्दैिछन् । अधिकांश समय अस्पतालमै बिताउन बाध्य भएकी उनी हाल जीवन(मरणको दोसाँधमा छिन् । काठमाडौं आएर उपचारका लागि उनले झण्डै ७ लाख रुपैयाँ सकिसकिन् । अब उपचार गर्न घरघँडेरी पनि बेच्ने अवस्था आएको उनको परिवारको गुनासो छ ।

मिर्गौला प्रत्यारोणका लागि पनि ठूलो खर्च लाग्ने भएपछि परिवार कसरी रकम जुटाउने भन्ने चिन्तामा छन् । आर्थिक अभाव चर्किएपछि उनको उपचार गर्न नै समस्या भएको छ । नियमित डायलासिसका लागि औषधि किन्न पनि रकम जुटाउन परिवारलाई हम्मे(हम्मे परेको छ । कसैले ऋण पत्याउन छाडेपछि बबिताले आर्थिक सहायताका लागि सबैसमक्ष अपील गरेकी छिन् ।

‘लामो समय गाउँघरमा अरुको स्वास्थ्य बिग्रेला भन्ने चिन्ता गरेर हिँड्नुभयो । अहिले आफ्नो स्वस्थ्यमा समस्या पर्दा सहयोग जुटाउन सकिएन,’ बबिताका छोरी विद्याले भनिन्,’सबैले सक्दो सहयोग गरिदिनु भए ममीलाई उपचार गर्न सकिन्थ्यो ।’ २०७१ सालादेखि नै बबिताको स्वास्थ्य बिग्रिएको थियो । तर पनि उनी निरन्तर गाउँमा सेविकाका रुपमा खटिएकी थिइन् । तर, पछिल्ला महिनाहरुमा उनलाई धेरै असहज भएको छ ।

त्रिबि शिक्षण अस्पतालमा उपचार गराइरहेकी बबिता आफू छिटै निको भएर फेरि गानउँघरमा सेवामा फर्किन चाहेको बताउँछिन् ।

‘म निको भएपछि फेरि गाउँमै फर्किएर सेवा नै गरिरहन चाहन्छु,’ उनले भनिन्,’तर, पैसा नभएर धेरै समस्या भयो । हामी गरिबमाथि नै यस्तो बज्र पर्‍यो ।’

बबिताका श्रमिान देबचन्द्र पनि आर्थिक समस्याका कारण उपचारमा उल्झन आउने अवस्था आएको निकै चिन्तित छन् । बबितालाई सहयोग गर्न चाहानेले नेपाल बैंकको खाता नम्बर ०९३०१०००९६४२३६०००००१मा  सहयोग रकम जम्मा गर्न सकिने छ । उनलाई सहयोग गर्न ९८४५०७२३१८ मा सम्पर्क पनि गर्न सकिनेछ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०