Monday, 17th August, 2026
वि.स.

अभिमुखीकरण कार्यक्रम सम्पन्न

20161207_155951-1481183303.jpg

क्याक परियोजना अन्गर्त विद्यालय शान्ति क्षेत्र (एसजेटओपी) विषयमा सरोकारवालाहरुसँग बुधबार अभिमुखीकरण कार्यक्रम श्री सिद्धार्थ उच्च माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

क्याक परियोजनाको सम्बन्धमा जिल्ला बाल कल्याण समितिको परियोजना तथा सूचना व्यवस्थापन अधिकृत रवि हमालले जिल्लामा हाल सञ्चालनमा रहेको परियोजनाको बारेमा प्रष्ट पार्नुभएको थियो भने कार्यक्रममा विद्यालय शान्ति क्षेत्र, बालअधिकार तथा बाल श्रमका विषयमा शिविन बाल हेल्पलाइनका कार्यक्रम संयोजक तथा एसजोपका अध्यक्ष झविन्द्र ज्ञवालीले सहजीकरण गर्नुभएको थियो ।  

श्री सिद्धार्थ उच्च माद्यमिक विद्यालयका प्राचार्य  मोहनप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संगठनका सदस्यहरु, बाल क्लबका सदस्यहरु लगायतले बालअधिकार तथा बाल कर्तव्यको सकरात्मक तथा नकरात्मक पक्षमा आ–आफनो धारणा व्यक्त गरेका थिए ।

-कुन्ति लामा/हेटौंडा 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif