Tuesday, 25th August, 2026
वि.स.

अब निजी स्कुलले शुल्क लिन पाउने (पढ्नुहोस् निर्देशिकासहित)

निजी लगानीमा सञ्चालित विद्यालयले अभिभावकबाट शुल्क लिन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गर्दै सो व्यवस्था गरेको हो ।

भर्चुअल कक्षा चलाइरहेका निजी क्षेत्रका स्कूलहरुले निर्देशिका बमोजिम शुल्क लिन पाउने भएका हुन् । शुल्क कति लिन पाइने भन्नेबारे स्थानीय तहको स्वीकृतिमा मात्र लिन पाउने छन् ।

मन्त्रालयले जारी गरेको निर्देशिकामा शुल्कसम्बन्धी व्यवस्थामा, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानूनको अधिनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ,’ भन्ने उल्लेख छ ।

यसअघि निजी विद्यालयले अनलाइन कक्षाको शुल्क मागेपछि मन्त्रालयले नतिर्नू भनेको थियो ।

पढ्नुहोस् निर्देशिका

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif