Sunday, 23rd August, 2026
वि.स.

अब किताब पसलहरू पनि खुल्ने

सरकारले लकडाउनको समयमा विद्यालय तहका पाठ्यपुस्तक बिक्री गर्ने पसललाई सञ्चालन गर्न दिने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जनक शिक्षा सामग्री केन्द्रद्वारा मुद्रित पुस्तक बिक्रीवितरण गर्ने पसलहरूलाई सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सरकारले कोरोना भाइरस कोभिड-१९ को रोकथामका लागि आह्वान गरेको लकडाउन जेठ ५ गतेसम्मको लागि थप गरेको छ । थप गरिएको लकडाउनको समयमा केही सेवालाई खुकुलो बनाउने क्रममा पुस्तक व्यापारलाई पनि सरकारले सम्बोधन गरेको छ । सोही क्रममा जनक शिक्षा सामग्री केन्द्रबाट प्रकाशित सामुदायिक तथा निजी विद्यालयका पुस्तक बिक्री गर्ने पुस्तक पसल सञ्चालनमा समेत छुट दिएको हो ।

साथै मन्त्रिपरिषद्ले अनुमतिप्राप्त पुस्तक ढुवानी गर्ने सवारी साधनलाई समेत लकडाउनमा सञ्चालनको अनुमति दिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०