Wednesday, 1st July, 2026
वि.स.

अन्तक्र्रिया कार्यक्रम सम्पन्न

17619157_1021105416090183-1490694802.jpg

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा  उद्योग वाणिज्य संघको निर्वाचनको विषयमा केन्द्रित रही अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा सम्पन्न अन्तक्र्रियामा महासंघका उपाध्यक्ष किशोर प्रधानले अब बन्ने प्रादेशिक संरचना अनुसार जिल्ला नगर उद्योग वाणिज्य संघको संरचना, काम, कर्तव्यलाई परिभाषित गर्ने विषय महासंघको मुख्य एजेण्डा हुनुपर्ने बताउनु भएकोछ । महासंघको चैत्र २८ र २९ गते काठमाडौंमा हुने अधिवेशनमा बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी समेत दिएकाले समर्थनका लागि प्रधानले सबैमा आग्रह समेत गर्नु भएको छ ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले महासंघले जिल्ला नगरका उद्योग वाणिज्य संघलाई आर्थिक, सामाजिक रुपले बलियो बनाउनु पर्ने धारणा व्यक्त गर्नु भएको छ । संघको सभाकक्षमा भएको अन्तक्र्रियामा विभिन्न १० वटा जिल्ला नगर उद्योगका अध्यक्ष तथा पदाधिकारी, मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जीवनकाजी माकजु, बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, समिति सदस्य अनिल अग्रवाल, अमृत दाहाल लगायतको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा संघका महासचिव महेन्द्र राउतले यस पटकको महासंघको निर्वाचनमा मकवानपुरबाट ३ नम्बर प्रदेशको अध्यक्षका लागि अरुणराज सुमार्गी, केन्द्रीय सदस्यका लागि बर्तमान अध्यक्ष राजकुमार न्यौपाने र निबर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठको उम्मेदवारी रहने बताउनु भएको थियो ।