Saturday, 22nd August, 2026
वि.स.

अनेमसंघ र अनेमसंघ क्रान्तिकारीको संयुक्त भेला

ANEMA-1510402047.jpg

नेकपा एमालेको निकट अखिल नेपाल महिला संघ मकवानपुर र नेकपा माओबादि केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको संयुक्त भेला भएको छ । बामगठबन्धनको प्रचारका लागि संयुक्त निर्बाचन प्रचार प्रसार कमिटि समेत निर्माण गरीएको छ । 

अनेमसंघकी जिल्ला अध्यक्ष पार्बती राना संयोजकतत्व र अनेमसंघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष कमला पौडेलको सहसंयोजकत्वमा १ हजार १ स ११ सदस्य चुनाब प्रचार प्रसार कमिटि गठन गरीएको छ । दुबै संगठनका अध्यक्षको संयुक्त सभाध्यक्षमा भएको कार्यक्रमको स्वागत अनेमसंघ क्रान्तिकारीका अध्यक्ष पौडेलले गरेकी थिइन् भने समापन अनेमसंघकी अध्यक्ष रानाले गरेकी थिइन् । 

कार्यक्रममा नेतृहरु बिष्णु ओझा, जुनेली श्रेष्ठ, पद्मा पौडेल, गोमा तिमल्सीना, लक्ष्मी पाख्रिन, लक्ष्मी माझीलगायत सहभागि थिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif