nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अग्नीपीडितसँग पालुङ जेसीज, रु. ३२,१७५ नगद सहयाेग

IMG_20240313_193936-1710338261.jpg

थाहा नगरपालिका वडा नम्बर ११ मालागिरीका अग्नि पीडित सुरेन्द्र लामालाई पालुङ जेसीजले नगद रु. ३२,१७५ सहयोग गरेकाे छ ।

लामाकाे घरमै पुगेर जेसीजले थहा-११ का वडा अध्यक्ष दिनेश बलकाे प्रमुख आतिथ्यमा आर्थिक सहयाेग गरेकाे हाे । लामालाई  नगद हस्तान्तरणमा  पालुङ जेसीजका वर्तमान अध्यक्ष निरज रायमाझी, पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधान, नवराज लामा, महासचिव विक्रम गाेपाली लगायतकाे उपस्थिति रहेकाे थियाे ।

थाहा ११ मालागिरीका सुरेन्द्र लामाको घर २४ फागुनमा विद्युतीय तार सर्ट भएर आगलागीमा परेकाे थियाे । आगलागीबाट लामाको घर र सम्पूर्ण सामान पूर्ण रुपले नष्ट भएको छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)