Sunday, 9th February, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

अग्निपीडितलाई सुविन्द्रमानकाे नगद सहयाेग

IMG_20240313_184205-1710335746.jpg

थाहा नगरपालिका वडा नम्बर ११ मालागिरीका अग्नि पीडित सुरेन्द्र लामालाई मोवाइल व्यवसायी सुविन्द्रमान प्रधानले आर्थिक सहयोग गरेका छन् ।

थाहा नगरपालिका ४ थानाबजारस्थित खुसी एन्ड समृद्धि मोवाइल हाउसका सञ्चालक थाहा-१ ओखरबजार निवासी प्रधानले ३० फागुनमा पीडितको घरमै पुगेर  नगद रु.  १०,०००  सहयोग गरेका हुन् ।  प्रधान थाहा नगर उद्योग वाणिज्य संघका सदस्य, पालुङ जेसीजका कानुनी सल्लाहकार र मोवाइल एसोसिएसन अफ मकवानपुर उत्तरी क्षेत्रका सचिवसमेत रहेका छन् ।

लामाको घर २४ फागुनमा विद्युतीय तार सर्ट भएर आगलागीमा परेकाे थियाे । आगलागीबाट घर र सम्पूर्ण सामान पूर्ण रुपले नष्ट भएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०