nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

‘सितल हुन्छ भए’नि मनमा चोट, दामन पालुङ घुम्न जाउँ शिखरकोट’ (भिडियोसहित)
रामचन्द्र मानन्धर र फुलमाया थिङको हेटौँडा मकवानपुर भाग-२ 

Album-1631938354.jpg

थाहानगरपालिकासहित मकवानपुरको विभिन्न पर्यटकीय गन्तव्य स्थलहरु घुम्न आग्रह गर्दै मकवानपुर राजदेवीका रामचन्द्र मानन्धर र ठिङ्गनका फुलमाया थिङले बजारमा ल्याएको लोकदोहोरी एलबमको अहिले चर्चा भइरहेको छ । हेटौँडा मकवानपुर–२ एल्बममा मकवानपुरको १० वटै स्थानीय तहका पर्यटकीय गन्तव्यहरुलाई छुने प्रयास गरिएको छ । 

फुलमाया थिङको शब्द रहेको गीतमा जनक लामा र प्रतिमा अर्यालले स्वर दिएका छन् भने गीतमा दिपक सागर विरहीको लय रहेको छ । श्रव्यदृश्य सहित बजारमा आएको सो गीतमा हेरुका लामा र फुलमाया थिङ स्वयम् मोडेलको भूमिकामा रहेका छन् भने अमृतकुमार लुङ्वाले निर्देशन गरेका छन् । धेरैजसो मकवानपुरगढीमा छायाँकन गरिएको भिडियोमा गीतले मागे अनुसार मकवानपुरका पर्यटकीय स्थलहरु देखाइएको छ । 

रोजगारको शिलशिलामा  बिदेशमा हुँदा पनि नेपाली लोक गीतसंगीतलाई माया गर्दै अनलाइन दोहोरी साँझ चलाएका मानन्धरले ३ वर्षअघि नेपाल फर्किएपछि पनि दोहोरी गीतसंगीत कर्मलाई अघि बढाएका हुन् । यसअघि हेटौंडा मकवानपुर–१, हेटौँडा दोहोरी साँझ, हेटौँडामा घुम्न लैजाउँला, बुढीचौर घुमौँला जस्ता गीतहरु बजारमा ल्याइसकेका मानन्धर आगामी दिनमा पनि यही क्षेत्रमा लाग्ने बताउँछन् । 

हेटौँडा मकवानपुर भाग २ मा थाहा नगरपालिकाको शिखरकोट, पालुङ, दामन, सीमभञ्न्जयाङ, बज्रवाराही, चित्लाङ लगायत क्षेत्रको चर्चा गरिएको छ ।

गीतमा भनिएको छ : 
चित्लाङ अनि बज्रवाराही
मन बुझ्दैन त्यो ठाउँमा नगई....
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)