Thursday, 20th August, 2026
वि.स.

‘सामुदायिक थाहा विकास भवन’ नगरपालिकालाई हस्तान्तरण

Bhawan-1613439380.jpg

माधवराज सुमार्गी स्मृति कोषले मकवानपुरको थाहा नगरपालिकामा निर्माण गरेको ‘सामुदायिक थाहा विकास भवन’ आइतबार एक समारोहबीच  हस्तान्तरण गरिएको छ । कोषले थाहा नगरपालिका–६ बाराही चौरमा निर्माण गरेको डेढ सय सिट क्षमताको हलसहितको भवन हस्तान्तरण गरिएको हो । 

स्थानीय क्षेत्रमा ‘सुमार्गी भवन’को नामबाट चिनिन थालिएको सो सामुदायिक भवन माधवराज सुमार्गी स्मृति कोषका अध्यक्ष अजयराज सुमार्गीले नगरपालिका प्रमुख लवशेर विष्टलाई हस्तान्तरण गरे । 

भूकम्पपश्चात् भूकम्प प्रभावित विभिन्न जिल्लामा भवन निर्माण गर्ने कार्यक्रमअनुसार कोषले मकवानपुरको बज्रवाराहीमा सामुदायिक भवन निर्माण गरेको हो । 

भूकम्पजस्तो विपत्तिको बेला समुदायका व्यक्तिहरुलाई आश्रयका लागिसमेत सहज बनाउन भवन निर्माण गरेको कोषका अध्यक्ष सुमार्गीले बताए  । उनले  थाहा आन्दोलनका प्रणेता स्व रूपचन्द्र विष्टको स्मरण गर्दै भवनको नाम थाहा र विकाससँग जोडेर राखिएको उल्लेख गरे। भवन निर्माण सम्पन्न भएको झण्डै तीन वर्ष भए पनि उक्त भवन

औपचारिकरूपमा हस्तान्तरण भएको थिएन । समयसमयमा सम्मेलन, भेला तथा सामूहिक कार्यक्रमका लागि उपयोग हुँदै आएको उक्त भवनमा पछिल्लो समय थाहा नगरपालिकाले क्वारेन्टिन स्थापना गरेको छ । 

भवन हस्तान्तरण कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख विष्टले ‘सामुदायिक थाहा विकास भवन’को संरक्षणका लागि नगरपालिकाले आवश्यकताअनुसार योजना बनाई काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा राष्ट्रियसभा सदस्य तथा रुपचन्द्र स्मारक समितिका केन्द्रीय अध्यक्ष रामनारायण बिंडारीले कोषको कामको प्रशंसा गरे ।रासस



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif