thahatimes-ad-thekka-1731652826.jpg
Saturday, 18th January, 2025
वि.स.

‘समस्या परे थापालाई सम्झनू’ 

राप्रपा नेता तथा सांसद् गणेश थापाले मकवानपुरमा केही समस्या परे आफूलाई सम्झन आग्रह गरेका छन् । आफू मकवानपुरमा दुःखमा परेकालाई साथ दिन गाउ“ गाउ“ जाने गरेको भन्दै दुःख लुकाएर नबस्न उनले आग्रह गरेका हुन् । मकवानपुरको इपा–२, महादेवटारमा २० पौषमा भएको कार्यकर्ता भेलामा थापाले यस्तो बताएका हुन् ।

दुःख र समस्यामा परेकाहरुको सहयोगमा कुनै कसर बा“की नराख्ने बताउ“दै थापाले विकासका निम्ति जुनजुन ठाउ“मा पुगेर जनतास“ग आफूले विकासको वाचा गरेको हो, त्यहीअनुसार गर्ने विश्वास दिलाए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गरेका थिए ।  नवप्रवेशीलाई सांसद् थापाले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए । 

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य नवराज बिष्ट, राप्रपा हेटौंडा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, युवक संगठन जिल्ला अध्यक्ष अर्जुन ढंगाना, शिक्षक परिषद् जिल्ला सदस्य कल्पना कठायत, मीठाराम खड्का, कृष्णकुमार ठकुरी र सुन्दर कु“वरलगायतको उपस्थिति थियो । कार्यक्रमा लामो समयदेखि पार्टीमा योगदान गरेका लोपथर भ्लोन, तिलक बिक र नवराज कठायतलाई सम्मान गरिएको थियो । इपा गाउ“ कमिटी अध्यक्ष सानु स्यांतानको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।