Saturday, 29th August, 2026
वि.स.

‘विप्लव’ मकवानपुरका पूर्व सेक्रेटरी पासाङको पार्टी परित्यागको नालीबेली, आफैले गरे खुलासा !

Jayaaa-1599527708.png

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टी परित्याग गरेका नेकपा मकवानपुरका पुर्व सेक्रेटरी जयराम रायमाझी ‘पासाङ’ ले आफु विप्लव नेकपा पार्टी परित्याग गर्नु परेको कारण खुलसा गरेका छन् ।

पूर्व सेक्रेटरी पासाङले २२ भाद्रमा एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपा मकवानपुरको नेतृत्वले पार्टीको दृष्टीकोण विधि, पद्धति र नीति भन्दा व्यक्तिवादी, मनोवादी ढङ्गबाट गुट संचालन गरेको आरोप लगाएका छन् । 

पुर्व सेक्रेटरी पासाङले प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन्–‘जिल्ला समिति मकवानपुरको नेतृत्वले पार्टीको दृष्र्टीकोण विधि, पद्धति र नीति भन्दा व्यक्तिवादी,मनोवादी ढङ्गबाट गुट संचालन गर्नु र गुटको नेता बन्नु बन्यजन्तु, काठ तस्करी गरि नवधनाड्य वर्गमा रुपान्तरण हुनु, जनमुक्ति सेना नेपालको स्रोत, साधन (हतियार) प्रयोग गरि लागु औषध (गाँजा ) लुट्ने लुटेरा समूह निर्माण गरि हतियारको आडमा हतियार प्रर्दशन गरि चन्दा संकलन गर्नु, बिरप्पन दर्शन र कार्यशैलीबाट प्ररित देखिन्छ ।’ उनले जममुक्ती सेनाको हतियार लागू औषध गाँजा लुट्नमा प्रयोग भएको समते विज्ञप्तीमा खुलाएका छन् ।

यसैगरी उनले क्रान्तिकारी दर्शन र कार्यशैलिबाट बिचलित भएको नेतृत्वबाट क्रान्ति पुरा नहुने र यस प्रकारको नेतृत्वबाट जनतालाई धोका सिवाय अरु सम्भव नहुने बताएका छन् । उनले भनेका छन्–‘मेरो विषयमा जे विज्ञप्ती प्रकाश गरियो जुन आरोप लगाउन कोशिष गरियो त्यो तथ्यहिन, आधारहिन बिरामि मानसिकताको उपज मात्र हो ।’

पूर्व जिल्ला सेक्रेटरी पासाङले १९ भाद्रमा भिमफेदीको बसिफाँटमा पत्रकार सम्मेलन गर्दै आफु सहित विप्लव मकवानपुरका १ सय ३८ जनाले पार्टी परित्याग गरेको बताएका थिए ।

प्रेस विज्ञप्तीः


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०