Saturday, 15th August, 2026
वि.स.

‘थाहाको आइसोलेशन बन्द छैन’ : स्वास्थ्य प्रमुख बलामी

isolation-thaha-1630476825.jpg

थाहा नगरपालिकाद्वारा बज्रवाराहीस्थित सामुदायिक भवनमा सञ्चालित आइसोलेशन बन्द नभएको थाहा नगरपालिकाले स्पष्ट पारेको छ । 

मकवानपुरका सबै आइसोलेशनहरु बन्द भएको भनी समाचारहरु बाहिर आएपछि थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले १६ भदौमा थाहा टाइम्ससँग कुरा गर्दै थाहाको आइसोलेशन बन्द नभएको जानकारी दिए । 

थाहा नगरपालिकामा कोरोनाका बिरामीहरु अहिले पनि ८० जना रहेको र सङ्क्रमणको जोखिम कायमै रहेकोले आइसोलेशन बन्द गर्ने विषयमा तत्काल सोच्न नसकिने उनले बताए । ‘अहिले पनि सामुदायिक आइसोलेशनमा ३ जना कोरोनाका बिरामी छन्,’ उनले भने । 

एक चिकित्सक, चार जना स्टाफ नर्श, दुई जना एच. ए., एक जना ल्याब टेक्निसियन र दुई जना सहयोगीसहित १० जना जनशक्ति आइसोलेशनमा खटाइएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif