Wednesday, 26th August, 2026
वि.स.

९ लाख घुससहित पक्राउ

CIAA-Nepal-1594726693.jpg

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित बेसक्याम्पभित्र रहेको निवासबाट ९ लाख ३४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा श्रेष्ठलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

निर्माणाधिन सिँचाइ परियोजनाको बिल भुक्तानीका क्रममा उनले सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा गएको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कोइरालाले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif