Thursday, 27th August, 2026
वि.स.

७२ हजार किलो चिनी नष्ट गर्ने तयारी

chini-1617523165.jpg

खान अयोग्य प्रमाणित भएपछि राजस्व अनुसन्धान कार्यालय पथलैयाले ७२ हजार किलो चिनी नष्ट गर्ने भएको छ । लिलाम प्रायोजनका लागि नमुना परीक्षण गर्दा चिनी खान आयोग्य प्रमाणित भएपछि नष्ट गर्न लागिएको हो ।

लिलाम परियोजनका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयाले खाद्य तथा गुण नियन्त्रण कार्यालय जनकपुरमा गुणस्तर परीक्षण गराएको थियो । जनकपुरबाट चिनी खानका लागि अयोग्य रहेको रिपोर्ट आएकाले नष्ट गर्ने प्रक्रिया शुरु गरिएको कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख अनुसन्धान अधिकृत टंकप्रसाद पाण्डेले खान अयोग्य प्रमाणित भएपछि चिनी व्यवस्थापनका लागि सोमबार बैठक बस्ने जानकारी दिए । ‘लिलाम गर्ने सोच बनाएका थियौं, तर गुणस्तर परीक्षण रिपोर्ट त्यसको अनुकूल देखिएन,’ उनले भने, ‘सोमबार समितिको बैठक बसेर अन्तिम निर्णयमा पुग्छौं ।’

राजश्व अनुसन्धान कार्यालय संयोजक रहने समितिमा जिल्ला प्रशासन कार्यालय  र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधि सदस्य रहने गरेको भएपनि अन्य सरोकारवालालाई समेत बैठकमा आमन्त्रण गर्ने गरिएको कार्यालयले जनाएको छ ।

खाद्यको रिपोर्टको आधारमा राजस्व अनुसन्धान विभागले चैत ६ गते पथलैयालाई पत्र पठाएर चिनी नष्ट गर्न अनुमति दिइसकेको छ । अखाद्य चिनी नेपाल ल्याउने व्यवसायी र उनीहरुलाई सघाउने भन्सारका कर्मचारीलाई कारबाही गर्न उपभोक्ता हित संरक्षण मञ्चले माग गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif