Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

७० जनामा काेराेना पुष्टि, एककाे ज्यान गयाे

1626085426_1620694121_cor-1628247864.jpg

मकवानपुरमा २२ साउनमा ७० जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।  २०१ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार १३६ जनाको पीसीआर परीक्षण गर्दा ६२ जना र ६५ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा गरी ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लामा २२ साउनमा सबैभन्दा धेरै संक्रमण पुष्टि हुनेमा हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी, संक्रमण पुष्टि हुनेहरुमा मकवानपुरगढी गाउँपालिकाका ३ जना, बागमती गाउँपालिकाका एक जना, मनहरी गाउँपालिकाका ४ जना, भीमफेदी र बकैया गाउँपालिकाका एक÷एक जना रहेका छन् ।

जिल्लामा यसअघि बिहिबार मात्रै १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी जिल्लामा २२ साउनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नम्वर १ बस्ने ४५ वर्षीया एक महिला रहेकी छन् । यससँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १४७ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०