Saturday, 15th August, 2026
वि.स.

५ पुससम्म बिजुली महशुल नलिइने

IMG_20211216_103622-1639630586.jpg

नेपाल विद्युत प्राधिकरणले देशैभरका सबै आय संकलन काउन्टरहरू १ पुसदेखि ५ पुससम्मका लागि बन्द भएका छन् ।

बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले सबै आय संकलन काउन्टरहरू बन्द गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मंसिर महिनाको खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत महसुल निर्धारण भएको र परिवर्तित महसुल दर नेपाल विद्युत प्राधिकरणको एम-पावर विलिङ सिस्टममा पुस महिनादेखि एकसाथ लागू हुने गरी अद्यावधिक गर्नुपर्ने भएकाले आय संकलन काउन्टरहरु बन्द गर्नु परेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

प्राधिकरण वितरण केन्द्र पालुङका अनुसार बिलिङ तथा आय काउन्टर बन्द रहने भएपनि यो बीचमा ग्राहकले पाउनु पर्ने छुट सुबिधा काउन्टर खुलेपछि पाइने छ



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif