Thursday, 20th August, 2026
वि.स.

२४ घण्टामा थप १०२४ जनामा संक्रमण, २२०६ डिस्चार्ज

corona-virous-1607165057.jpg

पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २२ सय ६ जना डिस्चार्ज भएका छन् भने १० जनाको मृत्यु भएको छ। 

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने २ लाख २४ हजार ५३ जना डिस्चार्ज भएका छन्। 

१४ हजार २५५ सक्रिय संक्रमित रहेको नेपालमा अहिलेसम्म मृत्यु  हुनेको संख्या १५ सय ७७ पुगेको छ। क्वारेन्टिनमा ५३६ जना रहेको मन्त्रालयले जनाएको छ। 

अहिलेसम्म नेपालमा कुल १७ लाख ७८ हजार २४ जनाको पीसीआर परीक्षण भएको छ। 
  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif