Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

४९ अस्पतालमा ६० वर्ष माथिका नागरिकलाई ५० प्रतिशत छुट दिइने (सूचीसहित)

old-1626436098.jpg

सरकारले थप २५ वटा अस्पतालमा ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था विस्तार गरेको छ । यो सँगै ज्येष्ठ नागरिकको निःशुल्क एवं सहुलियतपूर्ण स्वास्थ्य उपलब्ध गराउने अस्पतालहरु ४९ वटा पुगेको छ यसअघि २४ वटा अस्पतालमा यो सेवा सञ्चालन गर्दे आएको थियो ।

यी अस्पतालहरुमा ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट हुनेछ । ७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा ७५ प्रतिशत, ८० देखि ८४ वर्षसम्मकालाई शतप्रतिशत छुट हनेछ ।

८५ वर्षभन्दा माथि उमेरसमूहलाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवाहरु निःशुल्क हुनेछ । तर अस्पतालले उपलब्ध गराएको वार्ड वा बेडको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गरे सरकारले दिएको यी कुनै पनि सुविधा लागू हुने छैन ।
हेर्नुहाेस् अस्पतालको सूची :



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०