Monday, 24th August, 2026
वि.स.

४० किलो गाँजासहित मकवानपुरका २ जना पक्राउ

ganja1625035429-e16250381-1625060353.png

पर्सा प्रहरीले ४० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ मकवानी चौरीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका-५ का ४० वर्षीय वीरबहादुर प्रजा र २० वर्षीय सोमलाल प्रजा रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले उनीहरू दुबै जना शंकास्पद रूपमा हिँडिरहेका अवस्थामा चेकजाँच गर्नेक्रममा गाँजा फेला परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

उनीहरूले तीन वटा बोरा राखेर बोकिरहेको अवस्थामा ४० किलो गाँजा प्रहरीले फेला पारेको उनीहरूमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०