Wednesday, 26th August, 2026
वि.स.

३ वर्षीय बालकसहित ३४ जनाले जिते कोरोना

corona-discharge-1593249023.jpg

 स्याङजाका ३४ जना संक्रमितले कोरोना जितेर घर फर्केका छन् । योसँगै जिल्लामा कोरोना भाइरस संक्रमण जितेर घर फर्कनेको संख्या ५६ पुगेको छ । भीरकोट स्थित कालिका सामुदायिक अस्पतालको आइशोलेसनमा रहेका ३४ जना संक्रमितले शनिबार एकै दिन कोरोना जितेर घर फर्केका हुन् । 

उनीहरुको दोस्रोपटक गरिएको स्वाव परीक्षण रिपोर्टमा नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । अस्पतालमा उपचारत ४१ जना संक्रमितका दोस्रो पटक परीक्षणका लागि नमूना स्वाव पठाइएको थियो । तीमध्ये ३४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने बाँकी ७ जनाको भने दोस्रो परीक्षण रिपोर्ट पनि पोजिटिभ नै आएको बताइएको छ । 

घर फर्कनेमा गल्याङ नगरपालिकाका १६ जना, वालिङ नगरपालिकाका १० जना, आँधीखोला गाँउपालिकाका ४ जना, अर्जुनचौपारी गाँउपालिकाका ३ जना र भीरकोट नगरपालिकाका १ जना छन् । कोरोनामुक्त भएकालाई, भीरकोट नगर प्रमुख छाँयाराम खनाल, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण, आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधिरकुमार पौडेल, स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्मा लगायतले बिदाइ गरेका थिए । 

कोरोना जितेर घर फर्कनेलाई लिनका लागि सम्बन्धित पालिकाले सवारी साधन पठाएका थिए । जिल्लामा संक्रमितको संख्या १ सय ५९ पुगेको छ । तीमध्ये २ जनाको निधन भएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif