Wednesday, 26th August, 2026
वि.स.

३ जना मृत अवस्थामा फेला

dead-body-1621239684.jpg

विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मकवानपुरको बकैया गाउँपालिका-३ जलजले बस्ने ३५ वर्षीय दिपक वाईवा घरबाट करिब ५ सय मिटर टाढा ज्ञान ज्योती प्राविको कम्पाउण्डभित्र सोमबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी उदयपुरको कटारी नगरपालिका-२ गराँसस्थित कमला खोलाको किनारमा सिन्धुली दुधौली नगरपालिका-११ लबाहा बस्ने  ७० वर्षीय चतुरमान बस्याल मृत अवस्थामा फेला परेका छन् । 

काठमाडौंको महाराजगंजस्थित चुनदेवी जाने सडक छेउमा पनि खनाखत नभएका करिब ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif