nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

३८८ मतसहित देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्री भएका छन् । २३ जेठमा व्यवस्थापिका संसद्मा भएकोे निर्वाचनमा देउवा ३८८ मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

देउवालाई संसद्को तेस्रो ठुलो दल माओवादी केन्द्र, राप्रपा, मधेस केन्द्रित दल र अन्य साना दलहरुको समर्थन रहेको छ ।  नवनिर्वाचित प्रधानमन्त्री देउवाको विपक्षमा १७० मत परेको छ । जम्मा ५५८ सांसदले मतदान गरेका थिए ।

देउवाको विपक्षमा नेकपा एमाले, माले, राष्ट्रिय जनमोर्चालगायतका दलहरुले मतदान गरेका थिए । २००३ साल जेठ ३१ गते रुवाखोला ५ डडेलधुरामा जन्मिएका नवनिर्वाचित प्रधानमन्त्री देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । त्यस्तै देउवाले लण्डन स्कुल अफ इकोनोमिक्सबाट राजनीतिशास्त्र र त्रिभुवन विश्वविद्यालयबाटै कानुनमा स्नातक गरेका छन् ।

देउवा २०५२ भदौदेखि २०५३ फागुनसम्म पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यस्तै २०५८ साउनदेखि २०५९ असोजसम्म दोस्रो पटक प्रधानमन्त्री बने । तेस्रो पटक २०६१ जेठदेखि २०६२ माघसम्म प्रधानमन्त्री बनेका देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचत भएका छन् ।