Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

३६ वर्षीय संक्रमित पुरुषको मृत्यु

1617769617_Nepal-corona-d-1624351836.jpg

मकवानपुरमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको हेटौंडा अस्पतालको कोभिड कक्षमा थप एक जना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नंबर ३ का ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुरुषलाई जेठ २१ गते कोरोना संक्रमण पुष्टि भएको र २५ जेठमा उपचारको लागि हेटौंडा अस्पताल भर्ना गरिएको थियो ।

उनको गएराति ७ बजे उपचारको क्रममा मृत्यु भएको कार्यलयले जनाएको छ । यो संगै जिल्लामा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १ सय १८ जना पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०