Sunday, 16th August, 2026
वि.स.

२,०५२ जनामा कोरोना संक्रमण पुष्टि : २० को मृत्यु

india-detects-novel-coron-1630499915.jpg

१४ हजार ९३५ नमूना परीक्षणमा २,०५२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा १० हजार ६१२ नमूनाको पीसीआर र ४३ सय २३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो। जसमध्ये १६ सय ४८ नमूनाको पीसीआर र ४०४ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै बुधबार ३,०३० जनाले कोरोना जितेका छन्। यो सहित नेपालमा कोरोना जित्नेको संख्या ७ लाख १९ हजार ३३६ पुगेको छ। निको हुने यो ९४.१ प्रतिशत हो। मन्त्रालयका अनुसार कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ। 

हाल सक्रिय संक्रमितको संख्या ३४ हजार १८९ छ। ५६३ जनाको आइसीयू र १७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०