Sunday, 23rd August, 2026
वि.स.

२ सय रुपैयाँ असुल गर्न ८ वर्षपछि पक्राउ !

policearrest_copy7-1626979064.jpg

सुर्खेत प्रहरीले २ सय रुपैयाँ असुल उपर गर्नका लागि भन्दै करिब ८ वर्षपछि ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामप्रसाद घर्तीका अनुसार उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका वडा नं.६ बिहीबारेबाट पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ का  वर्ष ३१ का लोकेन्द्र थापा, वर्ष ४० को लोकेन्द्र सुनार,  सोही ठाउँ बस्ने, वर्ष ३७ का सन्दिप श्रेष्ठ, वर्ष ३७ को रोशन भट्टराई र वर्ष ३८ का धनबहादुर गुरुङ रहेका छन् ।   डिएसपी घर्तीले उनीहरुलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतमा उपस्थित गराइएको बताए ।  

जुवा मुद्दामा २०७१ मंसिर १५ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतको फैसलाले लगत नं. १०६२ मा लगत कसिएको जनही १ सय असुल उपर  गर्ने  प्रयोजनको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif