Wednesday, 26th August, 2026
वि.स.

२४ घन्टामा २,६१९ जना संक्रमित, १४ को मृत्यु

corona-Update-1619271893.jpg

नेपालमा बितेको २४ घण्टामा देशभर २६ सय १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो अवधिमा कोरोना भाईरस संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।

८ हजार ६६८ जनामा परीक्षण गर्दा २६१९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा पीसीआर विधिबाट ७ हजार ५२५ जनामा परीक्षण गर्दा २४८६ र एन्टिजेन विधिबाट ११४८ जनामा परीक्षण गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ र निको हुनेका कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस्तै हालसम्म मृतकको कुल संख्या ३१३६ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ६४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ललितपुरमा १४१ र भक्तपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हटस्पोट बनेको बाँकेमा ३५२ जनामा संक्रमण पुष्टि भएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif