Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

१८ साउनबाट मनकामना स्मार्ट र युनियन लाइफको सेयर कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1024-1627808317union-1627816709.jpg

हालै आईपीओ बिक्री गरी बाँडफाँड गरेका मनकामना स्मार्ट लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर १८ साउनदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ । 

नेप्सेमा मनकामना स्मार्टको रु. १००  अंकित दरका कुल १२ लाख ११ हजार ५०० कित्ता सूचीकृत भएको छ। जसमा संस्थापकको ८ लाख २२ हजार ५०० कित्ता र सर्वसाधारणको ३ लाख ८९ हजार कित्ता रहेका छन् ।

यो लघुवित्तलाई नेप्सेले एमकेएलबी कारोबार संकेत प्रदान गरेको छ भने पहिलो करोबारका लागि न्यूनतम रु. ११०.८४ देखि अधिकतम रु. ३३२.५२ ओपनिङ रेन्ज तोकेको छ । 

यो लघुवित्तले गत १७ असारदेखि २१  असारसम्म आईपीओ निष्कासन गरेको छ । आईपीओ बाँडफाँड २८ असारमा गरिएको थियो । 

यसैगरी युनियन लाइफको १०० अंकित दरका कुल २ करोड १५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापकको १ करोड ५० लाख ५० हजार कित्ता र सर्वसाधारणको ६४ लाख ५० हजार कित्ता रहेका छन् ।

यो कम्पनीलाई नेप्सेले यूएलआई कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि भने न्यूनतम रु. ११५.१३ देखि रु.३४५.३९ ओपनिङ रेन्ज तोकिएको छ ।

युनियन लाइफको आईपीओ गत ३१ असारमा बाँडफाँड गरिएको थियो । यो कम्पनीले गत २४ असारदेखि २८ असारसम्म आईपीओ निष्कासन गरेको थियो । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०