nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

१४ पुसबाट जिल्ला भलिवल हुँदै, उद्घाटन खेल बज्रवाराही र कैलाशबीच हुने

Volly-pressmeet-164069594-1640705865.jpg

मकवानपुरको आमभञ्ज्याङमा १४ पुसबाट सुरु  हुने जिल्लास्तरीय रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ। १३ पुसमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिइएको हो । 

आमभञ्ज्याङ युवा क्लब मकवानपुरगढी ५ को आयोजनामा हुने प्रतियोगिताको  १४ पुसमा उद्घाटन गरिने कार्यक्रम संयोजक इन्द्रप्रसाद सञ्जेलले बताए ।  प्रतियोगिताका लागि  १२ वटा टिम दर्ता भएको उनले जानकारी दिए । 

उदघाटन खेल कैलाश गाउँपालिका र बज्रबाराही क्लबबीच हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६६६ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्धितिय हुनेले ३३ हजार ३३३ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र त्यसैगरी  तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)