Wednesday, 19th August, 2026
वि.स.

१४ पुसबाट जिल्ला भलिवल हुँदै, उद्घाटन खेल बज्रवाराही र कैलाशबीच हुने

Volly-pressmeet-164069594-1640705865.jpg

मकवानपुरको आमभञ्ज्याङमा १४ पुसबाट सुरु  हुने जिल्लास्तरीय रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ। १३ पुसमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिइएको हो । 

आमभञ्ज्याङ युवा क्लब मकवानपुरगढी ५ को आयोजनामा हुने प्रतियोगिताको  १४ पुसमा उद्घाटन गरिने कार्यक्रम संयोजक इन्द्रप्रसाद सञ्जेलले बताए ।  प्रतियोगिताका लागि  १२ वटा टिम दर्ता भएको उनले जानकारी दिए । 

उदघाटन खेल कैलाश गाउँपालिका र बज्रबाराही क्लबबीच हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६६६ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्धितिय हुनेले ३३ हजार ३३३ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र त्यसैगरी  तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif