Sunday, 16th August, 2026
वि.स.

१३ दिनको तिथिमा राप्रपा थाहानगरले सम्झ्यो स्व. अर्जुन केसीलाई 

raprapa-2-1632988053.jpg

राप्रपा मकवानपुरका संस्थापक नेता स्वर्गीय अर्जुन केसीलाई कार्यकर्ताहरुले सम्झेका छन् । स्व. केसीको निधनको १३ औं दिनको पुण्यतिथिमा केसीको निवासमा श्रद्धाञ्जली सभा आयोजना गरेर केसीलाई सम्झिइएको हो । 

राप्रपा थाहा नगर कमिटीले आयोजना गरेको सभामा राप्रपाका जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटा, सचिब सागर थापा, जिल्ला सदस्य दीपक थापा, थाहा नगर अध्यक्ष नवीन रायमाझी, सचिब राधाकृष्ण विष्ट लगायत दर्जनौँ पुराना नेता–कार्यकर्ताहरु सहभागी थिए । सभामा जिल्ला अध्यक्ष सापकोटाले  मकवानपुरमा राप्रपालाई स्थापित गर्न केसीको भूमिका महत्वपूर्ण रहेको बताए । 

राप्रपा गठन भएदेखि नै पार्टीमा सक्रिय केसी दामन गाउँपञ्चायतको उपप्रधानपञ्चसमेत भई कार्य गरेका थिए । २००९ सालमा जन्मिएका केसीको गत १ असोजमा निधन भएको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०