Saturday, 29th August, 2026
वि.स.

१३८ जना पार्टी परित्याग गरि स्वतन्त्र भएको समाचार भ्रमपुर्ण

222-1599363336.jpg

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मकवानपुरले संचारमाध्यममा आएका बाहिर भ्रमपुर्ण समाचार प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको र उक्त भ्रमपुर्ण समाचारबाट भ्रमित नहुन आग्रह गरेको छ। 

२० भाद्रमा ‘विप्लव’ मकवानपुरका इन्चार्ज जमिनले प्रेस विज्ञप्तीमा जारी गर्दै पुर्व जिल्ला सेक्रेटरि पासाङ सहित १३८ जना पार्टि परित्याग गरि स्वतन्त्र भएको भनि आएको समाचार सत्य नभइ भ्रमपुर्ण र तथ्यहिन भएको जनाइएको छ।

विज्ञप्तीमा पुर्व जिल्ला सेक्रेटरि पासाङलाई पार्टिको निति सिद्धान्त विपरित कार्य गरेको, आर्थिक अनियमितता गरेको, पार्टिका सुचना र गतिबिधि दुश्मनलाइ पुर्याएकोले गएको भदौ १५ गते नै पार्टिले कारबाही गरि सकेको जनाएको छ ।

यसैगरि विज्ञप्तीमा १३८ जनाले पार्टी परित्याग गरिएको भनिएकोमा जिल्ला सदस्य जुरे घिसीङ बाहेक अरु कोहि पनि आफ्नो पार्टिमा आवद्ध नरहेको जनाइएको छ। गएको भदौ १९ गते पुर्व जिल्ला सेक्रेटरि पासाङले पत्रकार सम्मेलन गर्दै आफु सहित विप्लव मकवानपुरका १ सय ३८ जनाले पार्टी परित्याग गरेको बताएका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०