Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

१२ वर्ष जेल बसेर छुटिन् ख्याति श्रेष्ठ हत्याका आरोपी

Central-Jail-1-1626083632.jpg

ख्याति श्रेष्ठ अपरहणमा संलग्न मेरिना शाक्य थुनामुक्त भएकी छन् । १२ वर्ष जेल सजाय पूरा गरेर सोमबार उनी केन्द्रीय कारागार, सुन्धाराबाट थुनामुक्त भएको जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले अनलाइनखबरलाई बताए ।

‘अदालतले १३ वर्ष चार महीना कैद सजाय तोकेको थियो, छुटसहित गरेर १२ वर्षपछि उहाँ छुट्नु भयो’ उनले भने, ‘बुबाआमा आएर बिहानै लैजानुभयो ।’

अनामनगरकी १९ वर्षीया ख्याति श्रेष्ठको २२ जेठ २०६६ मा अपरहणपछि विभत्स हत्या गरिएको थियो ।

अपहरणपछि तराईको भूमिगत समूहको नाममा १० लाख रुपैयाँ फिरौती मागिएको थियो । दुई सातापछि ललितपुरमा टाउको र हातखुट्टाविना श्रेष्ठको शव भेटिएको थियो ।

घटनाका मुख्य आरोपी वीरेन श्रेष्ठ ७ असारमा पक्राउ परेका थिए । तत्कालीन अपराध महाशाखाका अधिकृतहरुलाई उनले बयान दिँदै क्यासिनोमा जुवा खेल्दा ऋणमा डुबेपछि अपहरण गरेको खुलाएका थिए । श्रेष्ठको अपहरणमा उनलाई १९ वर्षीया शाक्यले सघाएका थिए ।

‘भाउ’ म्यागजिनका लागि अन्तरवार्ता लिने भन्दै उनीहरुले ख्यातिको अपरहण गरेका थिए । पछि उनको शवको विभिन्न भाग ललितपुर, काठमाडौं र चितवनबाट भेटिएको थियो ।

पक्राउ पर्दा शाक्यले भर्खर एसएलसी परीक्षण दिएकी थिइन् । उनले जेलबाटै स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी थिइन् । पछिल्लो समय उनी जेलभित्रै रहेको विद्यालयको प्रधानाध्यापक थिइन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०