Monday, 24th August, 2026
वि.स.

१२ वर्षीया बालिका करणीको आरोपमा एक जना पक्राउ

abcd-1624936623.jpg

भक्तपुरको कमलविनायकमा एक १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थायी घर भइ हाल भक्तपुर नगरपालिका– ९ चोखा बस्ने ३२ वर्षीय वसन्त दमाई रहेका छन् ।

आरोपी दमाईले आफ्नो कोठामा बसिरहेकी बालिकालाई घरमा कोही नभएको मौकामा फकाएर करणी गरेको प्रहरीले बताएको छ । पीडितकी आमाले दिएको किटानी जाहेरीको आधारमा दमाईलाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

पीडितको स्वास्थ्य परीक्षण र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०