Monday, 17th August, 2026
वि.स.

१० सञ्चारकर्मी र दुई वटा पत्रिकालाई फोनिज अवार्ड

FONIJ-Award-1628752635.jpg

आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०ले १० जना सञ्चारकर्मी र मातृभाषाका दुई वटा पत्रिकालाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड) प्रदान गरेको छ ।

फोनिजको २२औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले अवार्ड वितरण गरे ।

अवार्ड प्राप्त गर्नेमा कुमार यात्रु, सन्त गाहामगर, भवानी बराल, रचना श्रेष्ठ, राजकुमार दिक्पाल, टेकराज थामी, आङदावा शेर्पा, तिलक पुन, इन्द्रजित मुखिया र मौसम रोक्का छन् ।

आदिवासीरजनजाति मुद्दामा कलम चलाउने बराल प्रेस काउन्सिलका पूर्वअध्यक्ष हुन् । गाहा मगर र थामीले क्रमशः फोनिज युके सम्मान र पुरस्कार प्राप्त गरेका हुन् ।

फोनिजले यो वर्षदेखि शुरु गरेको मातृभाषा पत्रकारिता पुरस्कार तान्छोक्पा मासिक (लिम्बु) र पहुरा दैनिक (थारु)ले पाएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०