Wednesday, 19th August, 2026
वि.स.

१० वडाको मतगणना सकिँदा थाहानगरको उपमेयरमा ४८ मत अन्तर (मतसहित)

gatabandhan-copy-16525950-1652784124.jpg

स्थानीय तह निर्वाचन अन्तर्गत् थाहा नगरपालिकामा १० वटा वडाको मत गणना सकिँदा उपमेयरमा मतान्तर कम हुँदै गएको छ । थाहामा १० नम्बर वडाको मतगणना सकिँदासम्म गठबन्धनको तर्फबाट उमेदवार रहेका भरत गोपाली नेकपा एमालेकी उमेदवार कल्पना बलामी भन्दा ४८ मतले अगाडि छन् ।

अहिले गोपालीको मत ७३९९ हुँदा बलामीले ७३५१ मत ल्याएकी छन् । ५ नम्बर वडासम्म फराकिलो मत रहेकोमा आफू मतदाता रहेको वडा नम्बर ६ बाट बलामीले मतान्तर घटाउँदै लगेकी हुन् । ६ नम्बर वडामा मात्र बलामीलाई १२१४ मत आएको थियो ।

मेयरमा भने मतान्तर फराकिलो रहेको छ । अहिलेसम्म गठबन्धनको तर्फबाट मेयर उमेदवार रहेका विष्णुबहादुर विष्ट नेकपा एमालेका उमेदवार अच्युत्तमप्रसाद ढकाल भन्दा १७५८ मतले अगाडि छन् । विष्टको मत ८४२३ हुँदा ढकालले ६६५८ मत ल्याएका छन् । 

अब थाहाको ११ र १२ को मतगणनाको परिणाम आउन बाँकी छ । २३०५६ मत खसेको नगरपालिकामा अब ३४०३ मत गन्न बाँकी रहेको छ । वडा नम्बर ११ मा १७७२ र १२ मा १६३१ मत खसेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif