nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

१० वडाको मतगणना सकिँदा थाहानगरको उपमेयरमा ४८ मत अन्तर (मतसहित)

gatabandhan-copy-16525950-1652784124.jpg

स्थानीय तह निर्वाचन अन्तर्गत् थाहा नगरपालिकामा १० वटा वडाको मत गणना सकिँदा उपमेयरमा मतान्तर कम हुँदै गएको छ । थाहामा १० नम्बर वडाको मतगणना सकिँदासम्म गठबन्धनको तर्फबाट उमेदवार रहेका भरत गोपाली नेकपा एमालेकी उमेदवार कल्पना बलामी भन्दा ४८ मतले अगाडि छन् ।

अहिले गोपालीको मत ७३९९ हुँदा बलामीले ७३५१ मत ल्याएकी छन् । ५ नम्बर वडासम्म फराकिलो मत रहेकोमा आफू मतदाता रहेको वडा नम्बर ६ बाट बलामीले मतान्तर घटाउँदै लगेकी हुन् । ६ नम्बर वडामा मात्र बलामीलाई १२१४ मत आएको थियो ।

मेयरमा भने मतान्तर फराकिलो रहेको छ । अहिलेसम्म गठबन्धनको तर्फबाट मेयर उमेदवार रहेका विष्णुबहादुर विष्ट नेकपा एमालेका उमेदवार अच्युत्तमप्रसाद ढकाल भन्दा १७५८ मतले अगाडि छन् । विष्टको मत ८४२३ हुँदा ढकालले ६६५८ मत ल्याएका छन् । 

अब थाहाको ११ र १२ को मतगणनाको परिणाम आउन बाँकी छ । २३०५६ मत खसेको नगरपालिकामा अब ३४०३ मत गन्न बाँकी रहेको छ । वडा नम्बर ११ मा १७७२ र १२ मा १६३१ मत खसेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)