Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

१० किलो चरेशसहित दुई युवक पक्राउ

daang-pakrau-1626963544.jpg

दाङमा प्रहरीले दश किलो चरेशसहित दुई युवालाई पक्राउ गरेको छ । बाग्लुङको निसीखोला गाउंपालिका वडा नं. १ का २१ बर्षीय सुदिप सिंजाली मगर र बरिगाउ गाउंपालिका वडा नं. २ का ३० बर्षीय रेमबहादुर भुजेललाई १० किलोग्राम चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार सुदिप सिंजाली मगरलाई ६ साउन दिउसो ३ बजेतिर गढवा गाउँपालिका वडा नं. १ धानखोलास्थित हुम्ला रलिङ होटेलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका मगरलाई सोधपुछ गर्दा पूर्व पश्चिम राजमार्गअन्तरगत दाङ कपिलवस्तुको सीमाना क्षेत्र धानखोलादेखि प्रतिबन्धित चरेशको अवैध बिक्री वितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

सूचनाको आधारमा भुजेललाई प्रहरीले लमही बजारबाट बुधबार बेलुका नै पक्राउ गर्न सफल भएको थियो । उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ मा भएको व्यवस्थाअनुसार एक बर्षदेखि तीन बर्षसम्म कैद र पाँच हजारदेखि २५ हजार रुपैंयाँसम्म जरिवाना हुनेछ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०