Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

होली पर्व घरमै मनाउन थाहा नगरपालिकाको आग्रह

COROOO-1616592784.jpg

मकवानपुर थाहा नगरपालिकाले होली पर्वमा भीडभाड नगर्न अपील गरेको छ । कोभिड-१९ को जोखिम बढिरहेको सन्दर्भमा सकेसम्म घरैमा बसेर परिवारबीचमै पर्वहरु मनाउन स्वास्थ्यर्कीहरुले सुझाव दिएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै थाहा नगरपालिकाले ११ चैतमा सूचना प्रकाशन गर्दै सतर्कता अपनाउन आग्रह गरेको हाे ।

फागु पुर्णिमाकाे अवसरमा स्थानीय मठमन्दिरमा मेला समेत लाग्ने कुरामा समेत जनस्वास्थ्य मापदण्ड अपनाउँदै केही दिनमा संक्रमणको संख्या उकालो लागेको सूचनामा उल्लेख छ । 

रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ । ११ फागुनमा नेपालमा ३९६३ परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्लेला प्रशासन कार्यालय मकवानपुरले पनि होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०