Friday, 28th August, 2026
वि.स.

होली खेल्ने कार्यक्रम आयोजना गरेमा पक्राउ गर्न निर्देशन

Griha-1616721380.jpg

होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ । सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले  बताए ।

यसअघि नै गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ । ‘भीडभाड गरेमा प्रहरीले कारवाही गर्छ,’ सह–सचिव बुढाले  भने, ‘सार्वजनिक ठाउँमा कार्यक्रम आयोजना गरेमा आयोजकलाई पक्राउ गरेर कारवाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छौँ ।’

स्वतस्फूर्त मानिस निस्केर भीड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्न गृहको निर्देशन छ । तर, कार्यक्रम आयोजना गर्नेलाई चाहिँ संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने भएको छ । संक्रामक रोग ऐन–०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा पुर्‍याउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

घरमै होली खेल्न मकवानपुर प्रशासनको अनुरोध

छिमेकी मुलुक भारतमा कोभिड १९ को दोस्रो लहर देखिएकाले स्वास्थ्य मन्त्रालय सामाजिक दुरी कायम गरी भीडभाड नर्गन र नगराउन आग्रह गरे सँगै होली, मेला महोत्सव र नयाँ वर्ष घरमै मनाउन प्रशासनले सुचना जारी गरेको छ ।

विहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुचना जारी गर्दै कोभिड १९ संक्रमण फैलिन नदिन मेला, महोत्सव, होली, नयाँ वर्ष जस्ता चाडपर्वहरुमा भीडभाड नगर्न र नगराउनको लागि अनुरोध गरेको छ ।

प्रशासनले घरमै मनाउन र सामाजिक तथा भौतिक दुरी कायम गरी मास्कको अनिवार्य प्रयोग गर्न सबैमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताएका छन् ।

Suchana_2077_12_12.jpg

 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif