Wednesday, 26th August, 2026
वि.स.

होम क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु

death-1593853174.jpg

कैलालीकोे गोदावरी नगरपालिका–१० मा होम क्वारन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।

गोदावरी नगरपालीकाका मेयर हरिसिंह साउँदका अनुसार ४८ वर्षीया ती महिलाको गएराति अचानक स्वास्थ्यमा समस्या आएपछि मृत्यु भएको हो ।

मृतक महिला गत जेट २६ गते भारतबाट आएर वडाध्यक्षको निगरानीमा होम क्वारन्टाइनमा बस्दै आएकी थिइन् ।

मृतक महिलामा कोरोना भाइरसको आशंकामा स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि धनगढी पठाइएको र उनको शव पीसीआरको रिपोर्ट आएपछि मात्रै व्यवस्थापन गरिने मेयर साउँदले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif